logo
२०८० चैत्र १६ शुक्रवार



पीएम कप क्रिकेट : एपिएफ फाइनलमा

क्रिकेट |
खेलकुद |


पीएम कप क्रिकेट : एपिएफ फाइनलमा


काठमाडौँ, माघ ४ गते । एपिएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु मैदान कीर्तिपुरका मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा एपिएफले बुधबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबारनै भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो । एपिएफले दिएको दुई सय ३१ रनको विशाल विजय लक्ष्य पछ्याएको आर्मी निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८३ रनमा समेटिएको थियो ।

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रन बनाउनुभयो । भिम सार्कीले ३५, सुमित श्रेष्ठले २४ र हरी चौहानले २२ रन बनाउनुभयो । बलिङमा एपिएफका शरद भेषावकरले तीन विकेट लिनुभयो । अविनाश बोहरा र भुवन कार्कीले दुई दुई तथा किशोर महतो र दिपक बोहराले एक एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको एपिएफले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय ३० रन बनाएको थियो । एपिएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रन बनाउनुभयो । लोकेश बमले अविजित ६६ र प्रदिप ऐरीले ५७ रन नाउनुभयो । बलिङमा आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?