logo
२०८१ बैशाख ७ शुक्रवार



फुटबल टोलीको प्रशिक्षण सुरु

फुटबल |
खेलकुद |


फुटबल टोलीको प्रशिक्षण सुरु


काठमाडौँ, माघ ४ गते । अफ्रिकी देश मरिससविरुद्ध दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टोलीले मङगलबारबाट बन्द प्रशिक्षण सुरु गरको छ । दशरथ रंगशालामा जनवरी २९ र फेब्रुअरी १ तारिख हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यसअघिनै ३५ जना खेलाडी प्रशिक्षणका लागि बोलाएको थियो ।

एन्फाले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेत समावेशगरी तयारी सुरु गरेको हो । खेलाडीको प्रशिक्षण एन्फा मैदान सातदोवाटोमा सुरु भएको छ । नेपाल र मरिससको खेललाई विश्व फुटबल महासंघ (फिफ) ले अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा समावेश गर्ने समेत एन्फाले जनाएको छ ।

नेपालले यसअघि गत भदौमा दशरथ रंगशालामा भारतसँग दुई वटा मूत्रीपूर्ण फुटबल खेलेको थियो । पहिलो खेलमा भारतलाई १–१ गोलको बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा भारतसँग २–१ गोलले पराजित भएको थियो ।

प्रशिक्षक अल्मुताइरीले मरिससविरुद्धको खेलका लागि टोलीको सहायक प्रशिक्षकमा विष्णु गुरुङलाई पनि समावेश गर्नुभएको छ । संकटाका प्रशिक्षक समेत रहनुभएका गुरुङ मंगलबारबाटै प्रशिक्षण क्याम्पमा सहभागी भएको एन्फाले जनाएको छ । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र ब्यवस्थापकमा मधुसुदन उपाध्याय हुनुहुन्छ ।

बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरु :

विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बु, शत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिसरन्त छुन्जु, मनीष डाँगी, नवीन गुरुङ, नीतिश थापा, पूजन उपरकोटी, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, सुशील राई, तेज तामाङ, जगजित श्रेष्ठ र आशिष राई ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?