logo
२०८१ बैशाख ७ शुक्रवार



मनाङको प्रशिक्षकमा नाइजेरियन फुजा

फुटबल |
खेलकुद |


मनाङको प्रशिक्षकमा नाइजेरियन फुजा
मनाङको प्रशिक्षकामा नियुक्त पूर्वनाइजेरियन प्रशिक्षक फुजा तोपे (बीचमा)


काठमाडौँ, मङ्सिर २१ गते । मनाङ मस्र्याङदी क्लबले शहिद स्मारक ‘ए’ डिभिजित लिगमा विदेशी प्रशिक्षक अनुबन्ध गरेको छ ।

मनाङले यसपटक पनि आफ्नो पूर्वनाइजेरियन प्रशिक्षक फुजा तोपेलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । सर्वाधिक आठ पटकको लिग च्याम्पियन मनाङको प्रशिक्षण सम्हाल्न फुजा मंगलबार नेपाल आइपुग्नुभएको हाे । फुजालाई मनाङका व्यवस्थापक रामबहादुर गुरुङ लगायतले स्वागत गर्नुभएको छ ।

प्रशिक्षक फुजाले अर्को खेलबाट मनाङको ‘टच लाइन’ सम्हाल्ने बताइएको छ । फुजाले लिगको सुरुवातमै टोली सम्हाल्ने बताइए पनि कूटनीतिक प्रक्रियाका कारण ढिलो भएको मनाङले जनाएको छ ।

फुजाकै प्रशिक्षणमा मनाङले २०७५ सालमा लिग उपाधि जितेको थियो । फुजाको अनुपस्थितिमा मनाङको प्रशिक्षण राजेन्द्र तामाङले सम्हाल्नु भएको थियो । जारी लिगमा मनाङ अपराजित छ ।

तीन खेल सकेको मनाङ सात अंकसहित तालिकाको दोस्रो स्थानमा छ । मनाङसँगै सात अंक बनाएको सातदोबाटो युथ क्लब गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

मनाङले आफ्नो पहिलो खेलमा जावलाखेल र दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई समान १–० गोलले हराएको थियो । तेस्रो खेलमा भने मनाङ संकटा क्लबसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?