logo
२०८१ बैशाख १४ शुक्रवार



यू–१९ एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोलीको घोषणा

क्रिकेट |
खेलकुद |


यू–१९ एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोलीको घोषणा


काठमाडौँ, मङ्सिर १९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले डिसेम्बर अन्तिम साता संयुक्त अरव इमिरेट्स (यूएई) मा अयोजना हुने यू–१९ एसिया कपको लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले आइतबार सम्पन्न वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्ये २० जनालाई प्रारम्भिक छनोटमा राखेको हो ।

टोलीमा च्याम्पियन लुम्बिनी प्रदेश र उपविजेता सुदूरपश्चिम प्रदेशका खेलाडीको बाहुल्य छ । प्रारम्भिक टोलीमा विवेक कुमार यादव, तिलकराज भण्डारी, शेर मल्ल र गुलशन झा बाहेक सबै नयाँ खेलाडी हुनुहुन्छ । नेपाली टोलीको प्रशिक्षण बिहीबारबाट सुरु हुने क्यानले जनाएको छ ।

टोलीमा पर्ने खेलाडीहरुमा देव खनाल, मोहम्मद हसन, बहिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दीपक कँडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदिल अन्सारी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?