logo
२०८० चैत्र १५ बिहीवार



ओमीक्रोनबिरुद्ध सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आग्रह

मुख्य समाचार |


ओमीक्रोनबिरुद्ध सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आग्रह


जानु पाण्डे
कपिलवस्तु मंसिर १६ गते । कोरोना भाइरसले संसारभरिको वातावरण आक्रान्त भएकावेला नयाँ भेरियन्ट ओमीक्रोन फैलिन सक्ने भएकाले सर्तकता अपनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ ।

कपिलवस्तुको बाणगंगा २, नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालमा नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएकोभए पनि सवै नेपाली नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन सुझाव दिनुभयो ।

सम्बोधनकोक्रममा उहाँले हाम्रो संस्कृति नै हाम्रो पहिचान भएको हुँदा यसको विकास गर्न राज्यले जोड दिएको बताउनुभयो । हामीलाई प्राप्त प्रकृतिको अपार स्रोतले राम्रो साथ दिएको उहाँले चर्चा गर्नुभयो । राज्यको तर्फबाट संस्कृति र प्रकृतिलाई संरक्षण गर्ने कार्य भएको उहाँले बताउनुभयो ।

“हाम्रो पहिलो धर्म जनताको स्वस्थ्य जिवन हो, प्रकृतिको आनन्द लिन स्वस्थ्य हुनुपर्छ” उहाँले भन्नुभयो । चुरे क्षेत्रको संरक्षणप्रति चासो देखाउनुहुँदै चुरे संरक्षण गर्न सबै नागरिकको दायित्व भएको बताउनुहुँदै चुरे जोगाउँदै विकासको गतिविधी बढाउन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले १२७ फिट अग्लो ज्योर्तिलिङ्गको शिलापुजन, महायज्ञमा निर्माण गरिएका २ वटा प्रवेशद्वार, अष्टचिरञ्जिवी मुर्ती र विश्रामलयको अनावरण गर्नुभयो । दुर्गा मन्दिरको पुजा अर्चना समेत उहाँले गर्नुभयो ।

राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरुकुलबाटै भएकाले धर्म तथा संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो । कैलाश आश्रमको अवलोकन तथा दर्शनकोक्रममा आश्रम सञ्चालक समिति, अध्ययनरत बटुक तथा बाजागाजाले स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी लगायतको उपस्थिति रहेको थियो । महायज्ञ मंसिर २२ गतेसम्म चल्ने महायज्ञ मुल व्यवस्थापन समितिका संयोजक बालाराम ज्ञवालीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?