logo
२०८० चैत्र १६ शुक्रवार



सभामुख सापकोटा बिहीबार स्वदेश फर्कंदै

मुख्य समाचार |
राजनीति |


सभामुख सापकोटा बिहीबार स्वदेश फर्कंदै


काठमाडौँ, मङ्सिर १५ गते । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागीताका लागि स्पेनमा रहेको सभामुख अग्निप्रसाद सापकोटा बिहीबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डल बिहीबार स्वदेश फर्किन लागेको हो ।

सभामुख नेतृत्वको प्रतिनिधि मण्डल बिहीबार बिहान पौने आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने उहाँको सचिवालयले जनाएको छ । स्पेनको म्याड्रिडमा नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल यही मंसिर ८ गते स्पेन प्रस्थान गरेको थियो ।

सम्मेलनका क्रममा सभामुख सापकोटाले २८ नोभेम्बरमा आईपियू सभालाई सम्बोधन गर्नु भएको थियो । उहाँले २८ नोभेम्बर मै असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई हुनुहुन्छ ।

प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ सहभागी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?