logo
२०८१ बैशाख ७ शुक्रवार



आईसीसी महिला टी–२० : नेपाललाई एक सय २८ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


आईसीसी महिला टी–२० : नेपाललाई एक सय २८ रनको लक्ष्य


काठमाडौँ, मङ्सिर १२ गते । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई)ले एक सय २८ रनको विजय लक्ष्य दिएको छ ।

दुबईको आईसीसी एकेडेमी मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको छ ।

युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन बनाउनुभयो । थिर्था सतिसले ४७ र कभिसा इगोडेजले २२ रन बनाउनुभयो ।

बलिङमा नेपालकी कविता कुँवरले दुई तथा सबनम राई, सीता रानामगर र सङ्गीता राईले एक एक विकेट लिनुभयो । ६ टोली सहभागी यस प्रतियोगिताको शीर्षटोलीले टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?