logo
२०८१ बैशाख ८ शनिवार



रियल म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा

फुटबल |
खेलकुद |


रियल म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा


काठमाडौँ । मङ्सिर ९ गते । स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा मोल्दोभाको एफसी सेरिफलाई उसैको मैदानमा ३–० गोलले हराउँददै रियलले नकआट चरणमा स्थान बनाएको हो ।

समूहमा एक खेल बाँकी छँदै अन्तिम १६ मा पुगेको रियलको जितमा डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले गोल गर्नुभयो । डेभिड अलाबाले ३०औँ मिनेटमा फ्रिकिकमार्फत सिधै गोल गर्दै रियललाई अग्रता दिलाउनुभयो ।

क्रुजले पहिलो हाफको इन्जुरी समय र बेन्जेमाले ५५औँ मिनेटमा गोल गर्दै रियललाई सजिलै जिताउनु भएको थियो । समूह ‘डी’ मा पाँच खेलबाट १२ अंक बनाएको रियल शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अंक छ ।

बुधबार रातिनै भएको खेलमा इन्टरले साख्तर डोनेस्कलाई २–० गोलले हरायो । जितसँगै इन्टरले पनि नकआउट चरणमा स्थान बनाएको छ । तेस्रो स्थानमा रहेको सेरिफको ६ अंक तथा एक अंक बनाएको डोनेक्स अन्तिममा छ ।

यसैगरी समूह ‘ए’ को अर्को खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले नकआउच चरणमा स्थान बनाएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोलले हरायो । सिटीको जितमा रहिम स्टर्लिङले ६३औँ र गाब्रियल जेससले ७६औँ मिनेटमा गोल गर्नुभएको थियो ।

पीएसजीका लागि केलियन एमबाप्पेले ५०औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो । जितसँगै शीर्षस्थानमा रहेको सिटीले १२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको पीएसजीको आठ अंक छ । समूहको अर्को खेलमा आरबी लेइपजिगले क्लब ब्रुगलाई ५–० गोलले पराजित गरेको छ । दुबै टोलीको समान चार अंक छ ।

समूह ‘बी’ को खेलमा इङ्लिस क्लब लिभरपुलले अपराजित यात्रा कायम राख्दै नकआउट चरणमा स्थान बनाएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई २–० गोलले हरायो । लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहमद सलाहले गोल गर्नुभयो ।

यही समूहको अर्को खेलमा एसी मिलानले एट्लेटिको म्याड्रिडलाई १–० गोलले हराउँदै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेकोे छ । समूहमा लिभरपुलको पाँच खेलबाट १५ अंक छ । पाँच अंक बनाएको पोर्टाे दोस्रो, समान चार अंक बनाएको एसी मिलान र एट्लेटिको तेस्रो र चौथो स्थानमा छ । एजेन्सी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?