logo
२०८० चैत्र १६ शुक्रवार



कर्णाली र बागमती विजयी

क्रिकेट |
खेलकुद |


कर्णाली र बागमती विजयी


काठमाडौँ, मङ्सिर ८ गते । कर्णाली र बागमती प्रदेशले वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुखद नजिता निकालेका छन् । कीर्तिपुरस्थित टियु मैदानमा बुधबार भएको खेलमा कर्णालीले लुम्बिनीलाई एक सय ४० रनले हरायो । मुलपानी मैदानमा भएको अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको छ ।

दुई सय ३३ रनको लक्ष्य विजय लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा सवै विकेटको क्षतिमा ९२ रनमा समेटिएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक २८ रन बनाउनु भयो । दुर्गेश गुप्ताले २० र आकाश त्रिपाठीले १५ रन बनाउनुभयो । लुम्बिनीलाई सस्तैमा समेटट्न कर्णालीका प्रकाश जैशीले सर्वाधिक पाँच विकेट लिनुभयो । युनिश सिंहले तीन तथा अनुज चनाराले दुई विकेट लिनुभएको थियो ।

पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ३२ रन बनाएको थियो । कर्णालीका सुवास ऐयरले सर्वाधिक सर्वाधिक ७६ रन बनाउनुभयो ।
कप्तान निश्चल रावलले ४४ रन बनाउनुभयो । विपिन रावलले ३२ र प्रकाश जैसीले २५ रन बनाउनुभयो । बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले चार, विशाल बिक्रम केसीले दुई तथा मोहमद हुसेन र वासिर अहमदले एक एक विकेट लिनुभयो ।

यसैगरी अर्को खेलमा दुई सय १४ रनको विजय लक्ष्य पछ्याएको गण्डकी ४३.३ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ५५ रन बनाउनुभयो । बागमतीका प्रतिस जीसी र तिलक बहादुर भण्डारीले समान तीन तीन विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । बागमतीका लागि विवेक रानामगरले सर्वाधिक ८९ रन बनाउनुभयो । प्रतिश जिसीले २२ र प्रतिक श्रेष्ठले १७ रन बनउनुभयो । बलिङमा गण्डकीका सुदिप अर्याल, कमल परियार र अभिशेक थापाले तीन तीन विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?