logo
२०८१ बैशाख ७ शुक्रवार



एसियन यू–१४ र्याङकिङ टेनिस : डबल्सको फाइनल समिकरण पूरा

फुटबल |
खेलकुद |


एसियन यू–१४ र्याङकिङ टेनिस : डबल्सको फाइनल समिकरण पूरा


काठमाडौं, मंसिर ७ गते । एसियन यू–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज/गल्र्स डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ ।

ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको जोडीलाई ७–६ (४), ४–६, १०–४ तथा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडीले नेपालका श्लोककेशर खड्का र पाकिस्तानका अमिर मुहम्मद खान मजारीको जोडीलाई ६–३, ६–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो ।

गल्र्स डबल्समा नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीले नेपालका शिभाली गुरुङ र प्राज्ना मानन्धरको जोडीलाई ६–१, ६–४ तथा सर्किट–१ का च्याम्पियन नेपालका सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले नेपालकी कृषा अधिकारी र अमेरिकाकी नाला जोस्फिन मास्केको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा हराउदै फाइनलमा पुग्नुभयो ।

सिंगल्सतर्फ भने सेमिफाइनल समिकरण पूरा भएको छ । ब्वाइज सिंगल्समा पाकिस्तानका अमिर मुहम्मद खान मजारीले नेपालका श्लोककेशर खड्कालाई ६–१, ७–६ (६), सर्किट–१ का विजेता सक्षमविक्रम शाहले नेपालका बोरिस अधिकारीलाई ६–१, ६–२, भारतका सिद्धार्थ जिबुले नेपालका निसाद जोशीलाई ३–६, ६–१, ६–२ तथा नेपालका दर्शिल श्रेष्ठले नेपालका श्रीयोग अधिकारीलाई ७–५, ६–१ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो ।

सोही स्पपर्धाको सर्किट–१ की स्वर्णधारी नेपालकी सुनिरा थापाले नेपालकी जेनी खड्कालाई ६–३, ६–३, नेपालकी आध्या पौडेलले नेपालकी प्राज्ना मानन्धरलाई ६–०, ६–३, नेपालकी प्रशंसा मोक्तानले नेपालकी मान्सा कँडेललाई ६–०, ६–२ तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी कृषा अधिकारीलाई ३–६, ७–६ (४), ६–१ ले पन्छ्याउदै सेमिफाइलनमा स्थान पक्का गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?