logo
२०८० चैत्र १५ बिहीवार



साफ यू–१९ महिला टोलीको अभ्यास सुरु

फुटबल |
खेलकुद |


साफ यू–१९ महिला टोलीको अभ्यास सुरु


काठमाडौँ, मङ्सिर ७ गते । नेपालले बंगलादेशमा आगामी डिसेम्बर ११ देखि २१ तारिखसम्म सञ्चालन हुने यू–१९ महिला साफ च्यम्पियनसिपका लागि तयारी सुरु गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबलको विकासका लागि जुनियर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागिता जनाउन लागेको हो ।

च्याम्पियनसिपका लागि एन्फाले हरिओम श्रेष्ठलाई प्रशिक्षकको जिम्मेवारी समेत दिएको छ । प्रशिक्षक हरिओमले मंगलबारदेखि यू–१९ टोलीका खेलाडीलाई प्रशिक्षण गराउनु भएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा जारी प्रशिक्षणमा ४० जना खेलाडी सहभागी छन् । यही खेलाडीबाट साफ फुटबलका लागि अन्तिम टोलीको छनोट गरिनेछ ।

प्रारम्भिक टोलीका खेलाडीहरुमा अन्जना रानामगर, लिला जोशी, पुजा थापा, अंकिता राई, साबित्री किशन, मञ्जुकुमारी खड्का, सलोनी रानामगर, सविना चौधरी, प्रतिक्षा चौधरी, गंगाकुमारी चौधरी, रोजिना श्रेष्ठ, विमला विके, प्रिया बस्नेत, गोमा रोकाय, कुश्मा राई, कुमारी तामाङ, सुस्मिता चौधरी, सुश्मा तामाङ, तुलशा बोहरा, हिमा रावत, सरला बज्राचार्य, मनिषा सेन, शुस्मा जिटी, सरस्वती रोकाया, सुरक्षाकुमारी सिंह र दिपा शाही हुनुहुन्छ ।

यसैगरी प्रारम्भिक छनोटमा प्रिती कुलुङ राई, सविता रानामगर, सुनकला राई, रेनुका हमाल, अञ्जली मचामसी, मेनुका आलेमगर, रजनी थोकर, रस्मी कुमारी घिसिङ, सदिपा बोलान, चन्द्रा कुमारी, कुसुम खतिवडा, अस्मिता कार्की, सुनिता तामाङ र जेनिफर राना पनि हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?