logo
२०८१ बैशाख १२ बुधवार



‘फिफा द बेस्ट अवार्ड’को मनोनयन सार्वजनिक

फुटबल |
खेलकुद |


‘फिफा द बेस्ट अवार्ड’को मनोनयन सार्वजनिक


काठमाडौँ, मङ्सिर ७ गते । विश्व फुटबल महासंघले सन् २०२१ को ‘फिफा द बेस्ट अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार बर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, प्रशिक्षक र गोलरक्षकको मनोनयन सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी हुनुहुन्छ । पुरुषतर्फ क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, करिम बेन्जेमा, केभिन डे ब्रुयन, अर्लिङ हालाण्ड, जर्गिन्हो, एनगोलो कान्टे, केलियन एमबाप्पे, नेमार र मोहम्मद सालाह मनोनयनमा हुनुहुन्छ ।

यसैगरी महिलातर्फ १३ जना खेलाडी मनोनयनमा पर्नुभएको छ । पुरुष प्रशिक्षममा सात जना र महिला प्रशिक्षकमा पाँच जना तथा महिला र पुरुष गोलरक्षकतर्फ समान पाँच पाँच जना मनोनयनमा राखिएको छ ।

फिफाले आफ्ना सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्दछ । भोटिङको समय डिसेम्बर १० तारिखसम्म तय गरिएको छ । सबै विधाको विजेताको घोषणा १७ जनवरीमा हुनेछ । एजेन्सी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?