logo
२०८१ बैशाख १३ बिहीवार



विश्वकप टि २० क्रिकेट सुपर १२ मा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले हरायाे

क्रिकेट |
खेलकुद |


विश्वकप टि २० क्रिकेट सुपर १२ मा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले हरायाे


आबुधाबी (युएइ), कात्तिक ६ गते । विश्वकप टि२० क्रिकेट सुपर १२को उद्घाटन खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले हराएको छ ।

टस हारेपछि पहिले ब्याटिङ गर्न क्रिजमा आएको दक्षिण अफ्रिकाले निर्धारीत २० ओभरमा नौ विकेटको क्षतिमा ११९ रन मात्र बनाएको थियो । तर दक्षिण अफ्रिकाले बलियो ब्याटिङ क्रम भएको अस्ट्रेलियालदाई सामान्य लक्ष्य पनि सजिलै पार गर्न दिएन । अस्ट्रेलियाले दुई बल बाँकी छँदा बल्लतल्ल पाँच विकेटको क्षतिमा १२१ रन बनाएर लक्ष्य हािसल गरेको हो ।

मार्कस स्टोइनिस र म्याथ्यु वेडले संकटको समयमा छैटौँ विकेटका लागि अविजित ४० रनको साझेदारी निर्वाह गरेपछि मात्र अस्ट्रेलियाले जित हात पार्न सक्यो । अस्ट्रेलियाका लागि स्टिभ स्थिमले पनि ३४ बलमा ३५ रनको महत्वपूर्ण पालि खेल्नुभयो । अस्ट्रेलियाले ३८ रनमै तीन विकेट गुमाएपछि स्मिथले सो अमुल्य रन बनाउनुभएको हो ।

यसअघि, दक्षिण अफ्रिकाका लागि एडिन मारक्रमले सर्वाधिक ४० रन बनाउनुभयो । जोस हेजरउड, एडम जाम्पा र मिचेल स्टार्कले दुई÷दुई विकेट लिएर दक्षिण अफ्रिकाको पालि धराशायी बनाउनुभएको हो ।

एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?