logo
२०८० चैत्र १६ शुक्रवार



ज्येष्ठ नागरिकको सेवा सुविधा बृद्धि हुन्छः मन्त्री रेग्मी

राष्ट्रिय |
प्रदेश |


ज्येष्ठ नागरिकको सेवा सुविधा बृद्धि हुन्छः मन्त्री रेग्मी


प्रकाशचन्द्र भट्टराई
दमौली, कात्तिक ३ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकलाई दिईने सेवा सुविधामा बृद्धि गरिने बताउनुभएको छ ।

देवघाट गाउँपालिका– ५ स्थित देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट बृद्धाश्रम समाज कल्याण केन्द्रको निरिक्षण गर्दै मन्त्री रेग्मीले वृद्धाश्रमलाई व्यवस्थित र ज्येष्ठ नागरिकलाई दिइने सेवा सुविधामा वृद्धि गर्ने प्रतिवद्धता जनाउनुभयो । सरकारको सहयोग नआउँदासम्म गैरसरकारी संस्थासँग समन्वय गरेर अघि बढन मन्त्री रेग्मीले अनुरोध गर्नुभयो ।

मन्त्री रेग्मीले जेष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा कुनै समस्या हुन नहुने बताउँदै सबैले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताउनुभयो । सरकारले उहाँहरुको सम्मानमा कुनै कसर बाँकी नराख्ने उहाँले स्पष्ट पार्नुुभयो ।

कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष एवं देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले सरकारी अनुदान पर्याप्त नहुँदा बृद्धाश्रम सञ्चालनमा समस्या परेको बताउनुभयो । देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले आश्रमको अहिलेको अवस्थाबारेमा जानकारी गराउनु भएको थियो ।

बृद्धाश्रममा हाल ३८ जना ज्येष्ठ नागरिक रहनुभएको छ । विसं २०५२ बाट सञ्चालनमा आएको यो आश्रम सञ्चालनका लागि दैनिक करिब ११ हजार रुपियाँ खर्च हुनेगरेको आश्रमले जनाएको छ । विभिन्न समाजसेवीले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराउँदै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?