logo
२०८१ बैशाख ८ शनिवार



घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री गहतराजको निर्देशन

स्वास्थ्य |
प्रदेश |


घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री गहतराजको निर्देशन


सिराज खान
नेपालगञ्ज, असोज २८ गते । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मुुग दुर्घटनाका घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई निर्देशन दिनुभएको छ ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बाँके आउनुभएका मन्त्री गहतराजले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचार गराइरहेका घाईतेहरुसँग भेट गरेर स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।

घाईतेहरुको अवस्था बुझ्न अस्पताल पुग्नु भएका मन्त्री गहतराजले अस्पतालका निर्देशक डा. भोजराज जोशीलाई सरकारले घाइतेको उपचारको सबै जिम्मेवारी लिएकाले उपचारमा कमी आउन नदिन निर्देशन दिनुभयो । घाइतेको उपचारलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्न अस्पतालका चिकित्सकहरुलाई उहाँले आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गहतराजले अस्पतालमा उपचाररत बिरामीहरूलाई भेटेर छिटै निको हुने कामना गर्नुभयो । यसअघि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पनि अस्पतालमा पुगेर मुगु दुर्घटनाका घाईतेहरुसँग भेट गर्नुभएको थियो ।

प्रदेश मन्त्रीमा नियुक्तिपछि पहिलो पटक गृहजिल्ला बर्दिया जानेक्रममा मन्त्री शर्माले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर त्यहाँ उपचाररत घाईतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि हिडेको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बस मंगलवार दिउँसो छायानाथ रारा नगरपालिकाको पिना तपने खोलामा खस्दा ३२ जनाको मृत्यु भएको थियो । घाइते भएकामध्ये १४ जनालाई उपचारका लागि कोहलपुर ल्याइएकोमा ४ जनाको मृत्यु भएको थियो भने १० जनाको उपचार भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?