logo
२०८१ बैशाख १२ बुधवार



विश्वकप लिग–२ : नेपालले अमेरिकाविरुद्ध पहिलो ब्याटिङ गर्दै

क्रिकेट |
खेलकुद |


विश्वकप लिग–२ : नेपालले अमेरिकाविरुद्ध पहिलो ब्याटिङ गर्दै
तस्बिर सभाल क्यानकाे फेसबुक


काठमाडौं, असोज १ गते । आइसिसी विश्वपक लिग–२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ । मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ । राष्ट्रिय टोलीमा गुलशनको यो डेब्यु समेत हो ।

आज अमेरिकालाई पराजित गदै लगातार दोस्रो जित दर्ता गराउने दाउमा नेपाल रहेको छ । यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । अमेरिका पनि नेपाललाई पराजित गर्दै यसअघिको हारको बदला लिने योजनामा देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?