logo
२०८१ बैशाख ६ बिहीवार



क्लब बुजले पेरिस सैन्ट जर्माइनलाई बराबरीमा रोक्यो

फुटबल |
खेलकुद |


क्लब बुजले पेरिस सैन्ट जर्माइनलाई बराबरीमा रोक्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । पेरिस सैन्ट जमाईन(पीएसजी)लाई क्लब बुजले बराबरीमा रोकेको छ । च्याम्प्यिन्स लिग फुटबल अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा पीएसजीलाई क्लब बुजले १–१ को बराबरीमा रोकेको हो ।
च्याम्पियन्स लिगमा आफ्नो सुरुवाती खेलमा लियोनल मेस्सीलाई पूर्ण समयका लागि खेलाएको पीएसजी बराबरीमा रोकिएर निराशाजनक सुरुवात गर्न पुग्यो । पीएसजीका लागि एन्डर हेरेराले सुरुमै गोल गरेर घरेलु टोलिमाथि अग्रता दिलाउनुभयो । क्लियन म्बाप्पेले दिनुभएको पासलाई हेरेराले गोलको दिशा दिनुभयो । ९ औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता लिएको पीएसजीले भने उक्त अग्रतालाई निरन्तरता दिन सकेन ।
२७ औं मिनेटमा हान्स भनाकेनले गोल फर्काउँदा बुजले खेलमा पुनरागमन गर्यो ।
लियोनल मेस्सीले च्याम्पियन्स लिगमा आफ्नो १५० औं खेल खेल्नुभयो । पीएसजीले एकसँगै नेयमार, म्बाप्पे र लियोनल मेस्सीलाई मैदानमा उतारेको यो पहिलो अबसर थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?