logo
२०८१ बैशाख १२ बुधवार



लिभरपुलले एसी मिलानलाई हरायो

फुटबल |
खेलकुद |


लिभरपुलले एसी मिलानलाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । लिभरपुलले एसी मिलानलाई हराएको छ । च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा लिभरपुलले एसी मिलानमाथि ३–२ को सङ्घर्षपूर्ण जित हात पारेको छ ।
एनफिल्डमा लिभरपुलले पहिलो हाफमा २–१ ले पछाडि परेको स्थितिलाई अन्त्य गर्दै खेल सकिँदा ३–२ को जित सुनिश्चित गर्न सफल भयो । चेलसीका पूर्व डिफेन्डर फिकायो टोमोरीले ९ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले ट्रेन्ट अलेक्जेण्डर–आर्नोल्डको क्रसलाई गोलको दिशा दिनुभयो ।
लिभरपुलले पाएको पेनाल्टीमा मोहम्मद सलहको प्रहार एसी मिलानका गोलरक्षक माइक मैग्नानले विफल तुल्याउँदा लिभरपुलले अग्रता दोब्बर गर्न बञ्चित भयो । पहिलो हाफ सकिन तीन मिनेट मात्रै बाँकी रहँदा एसी मिलानका लागि एन्टे रेबिस र ब्राहिम डियाजले गोल गर्दा खेल २–१ को स्थितिमा आयो ।
तर एसी मिलानले उक्त अग्रतालाई जोगाउन सकेन । लिभरपुलका लागि मोहम्मद सलहले ४८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । ६९ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुलको ३–२ को जित सुनिश्चित गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?