logo
२०८१ बैशाख ६ बिहीवार



म्यान्चेष्टर सिटीको लेष्टरमाथि जित

फुटबल |
खेलकुद |


म्यान्चेष्टर सिटीको लेष्टरमाथि जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । म्यान्चेष्टर सिटीले प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ । गए राति अबेर किंग पावर रङशालामा सम्पन्न खेलमा म्यान्चेष्टर सिटीले लेष्टरमाथि १–० को जित हात पार्यो ।
दुबै टोलिका गोलकिपर कास्पर मिचेल र एडरसनले उत्कृष्ट बचाब गर्दा खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर दोस्रो हाफको ६२ औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै म्यान्चेष्टर सिटीलाई खेलमा १–० को महत्वपूर्ण अग्रता दिलाउनुभयो ।
जितसँगै म्यान्चेष्टर सिटी अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । उसले चार खेलबाट नौ अङ्क जोडेको छ । म्यान्चेष्टर यूनाइटेडले भने चार खेलबाट सामान दश अङ्क जोडेपछि गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । चेलसीको दश अङ्क रहेपनि ऊ दोस्रो स्थानमा छ ।
गएराति नै सम्पन्न खेलमा क्रिष्टल पैलेसले टट्नहमलाई ३–० ले हराएको छ । आर्सनलले नर्विचलाई १–० ले तथा चेलसीले आष्टन भिल्लालाई ३–० ले हराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?