logo
२०८१ बैशाख ८ शनिवार



दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बङ्गलादेशको सामना गर्दै

फुटबल |
खेलकुद |


दोस्रो मैत्रीपूर्ण खेलमा  नेपालले बङ्गलादेशको सामना गर्दै
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको राष्ट्रिय महिला फुटबल टोलीले बङ्गलादेशको सामना गर्दैछ । एएफसी कप छनोट प्रतियोगिताको तयारीमा रहेको दुबै टोलीले दुई खेलको मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा दुई टोलीबीचको खेल साँझ पाँच बजेपछि खेलाइनेछ । पहिलो खेलमा नेपालले २–१ को जित हात पारेको थियो । पहिलो खेल जितेको नेपालले दोस्रो खेलमा समेत जित हात पारेर आफ्नो लयलाई निरन्तरता दिन प्रयत्नशील रहनेछ । हार बेहोरेको बङ्गलादेशले भने पहिलो खेलको कमीकमजोरीलाई आत्मसात् गर्दा खेलमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।
गत् बिहीबार सम्पन्न खेलमा नेपालका लागि सबिता राना र प्रिती राईले एक एक गोल गर्नुभएको थियो । दुबैजनाले नेपालका लागि पहिलो पटक प्रतिनिधित्व गर्नुभएको खेलमै गोल गर्न सफल हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?