logo
२०८१ बैशाख ८ शनिवार



मैत्रीपूर्ण फुटबलमा महिला टोलीले बङ्गलादेशको सामना गर्दै

फुटबल |
खेलकुद |


मैत्रीपूर्ण फुटबलमा महिला टोलीले बङ्गलादेशको सामना गर्दै
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । मैत्रीपूर्ण फुटबलमा नेपाली महिला फुटबल टोलीले बङ्गलादेशको सामना गर्दैछ । नेपाली महिला फुटबल टोलीले हाल एएफसी फुटबल एशिया कप २०२२ को छनोटको तयारी स्वरुप बङ्गलादेश विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
नेपाल र बङ्गलादेशबीचको खेल साँझ पाँच बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुँदैछ । दुबै राष्ट्रले खेल प्रतिस्पर्धी हुने जनाएको छ । बङ्गलादेशको फुटबल टोलीका प्रशिक्षक चोटोनले टोलीका अधिकांश सदस्य १६ देखि १८ वर्ष उमेर समूहको रहेको र एक अर्कासँग राम्ररी घुलमिल गर्ने भएकोले एएफसी प्रतियोगिताको तयारीका लागि उपयुक्त हुने बताउनुभयो । उहाँले नेपाल अत्यन्तै सशक्त टोली रहेकोले खेल स्पर्धात्मक हुने अपेक्षा गरेको बताउनुभयो ।
बङ्गलादेश टोलीका कप्तान सबिना खातुनले नेपाल विरुद्धको खेलका लागि टोली राम्ररी तयारी गरेको बताउनुभयो ।
नेपाली फुटबल टोलीका प्रशिक्षक गैरी फिलिप्सले कोभिड १९ महामारीको बेला समेत फुटबल खेल्नु ठूलो अवसर भएको प्रतिक्रिया दिनुभयो । उहाँले छ सातासम्मको बन्द प्रशिक्षणपछि टोलीले अन्तर्राष्ट्रिय स्पर्धा खेल्न लागेको एएफसी फुटबल प्रतियोगिताको छनोट अघि हुन लागेको खेलले आफ्नो स्तर जाँच्न सहयोग पुग्ने बताउनुभयो ।
नेपालले बङ्गलादेश विरुद्ध दुई म्याच खेल्नेछ । दोस्रो खेल आइतबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?