logo
२०८१ बैशाख ४ मंगलवार



आठ जना ब्राजिली फुटबलर क्लब खेल्न रोकिए

फुटबल |
खेलकुद |


आठ जना ब्राजिली फुटबलर क्लब खेल्न रोकिए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । ब्राजिली आठ जना खेलाडीलाई क्लब फुटबल खेल्न रोक लगाइएको छ । ब्राजिली फुटबल अधिकारीको उक्त निर्णयले लिभरपुल, म्यान्चेष्टर सिटी, चेलसी, म्यान्चेष्टर यूनाइटेड र लीड्स यूनाइटेडको खेल प्रभाबित हुने भएको छ ।
अन्तर्राष्ट्रिय स्तरको सहभागिताका लागि मुक्त नगरिने खेलाडीमाथि पाँच दिनको प्रतिबन्ध लगाइने फिफाको निर्देशिका छ । प्रिमियर लिग खेल्ने ब्राजिली खेलाडीलाई विश्वकप छनोटका लागि क्लबले मुक्त नगर्दा ब्राजिली अधिकारीले खेलाडीलाई निलम्बन गरेको हो । उक्त निर्णय सेप्टेम्बर १० देखि १४ सम्म लागू हुनेछ ।
बेलायतले रातो सूचीमा राखेको राष्ट्र भ्रमण गर्नेले कम्तिमा दश दिनको आइसोलेशनमा बस्नुपर्ने ब्यवस्था गरेको छ । प्रिमियर लिग खेलिरहेका ब्राजिली खेलाडीले छनोट खेल्न गएको अवस्थामा पुनः फर्किन समस्या हुने भएकोले लिगको जान रोक लगाएको थियो ।
ब्राजिली फुटबल अधिकारीको निर्णयले चेलसीका डिफेन्डर थिएगो सिल्भा र म्यान्चेष्टर यूनाइटेडका मीडफिल्डर फ्रेडले च्याम्पियनस लिगको उद्घाटन खेलमा अनुपस्थित हुनुपर्नेछ । उक्त अवरोधले लिभरपुलका रोबर्टो फिर्मिन्हो, फाबिन्हो र अलिस्सनको खेल समेत प्रभाबित पार्ने भएको छ । त्यसैगरी, म्यान्चेष्टर सिटीका जोडी एडरसन र गेब्रेल जिसस समेत क्लब फुटबलमा अनुपस्थित हुनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?