logo
२०८० चैत्र १५ बिहीवार



डिपेको पहिलो हयाट्रिकमा नेदरल्याण्ड्सको विशाल जित

फुटबल |
खेलकुद |


डिपेको पहिलो हयाट्रिकमा नेदरल्याण्ड्सको विशाल जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । मेम्फिस डिपे अन्तर्राष्ट्रिय फुटबल खेलमा आफ्नो पहिलो हयाट्रिक पुरा गर्नुभएको छ । नेदरल्याण्ड्सले टर्कीमाथि ६–१ को जित हात पार्दा डिपेले हयाट्रिक गोल गर्नुभयो ।
टर्कीमाथि जितसँगै नेदरल्याण्ड्सले समूह जी को शीर्षस्थानमा उक्लिन सफल भएको छ । डेभी क्लास्सेनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै नेदरल्याण्ड्सलाई १–० को अग्रता दिलाउनुभयो । बार्सिलोनाका फरवार्ड डिपेले १६ औं, ३८ औं र ५४ औं मिनेटमा लगातार तीन गोल गर्दै नेदरल्याण्ड्सको टर्कीमाथि ४–० को अग्रता दिलाउन सफल हुनुभयो ।
गुस टिल र डोनेल मालेनले गोल थप्दा नेदरल्याण्ड्सले अग्रतालाई ६–० को अग्रता लियो । लेष्टर सिटीका डिफेन्डर काग्लार सोयुन्सुले रातो कार्ड पाउँदै मैदानमा बाहिरिदा टर्की दश खेलाडीमा सीमित हुन पुग्यो । अतिरिक्त समयमा सेन्गिज अन्डरले सान्त्वना गोल गर्दा खेल ६–१ मा टुङ्गिन पुग्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?