logo
२०८१ बैशाख ८ शनिवार



फ्रान्सले फिनल्याण्डलाई २–० ले हरायो

फुटबल |
खेलकुद |


फ्रान्सले फिनल्याण्डलाई २–० ले हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । फ्रान्सले फिनल्याण्डलाई २–० ले हराएको छ । विश्वकप फुटबल छनोट अन्तर्गत गए राति सम्पन्न खेलमा फ्रान्सले फिनल्याण्डलाई हराएर लयमा आएको हो ।
विश्वकप विजेता फ्रान्सले बोस्निया हर्जेगोभिना र यूक्रेन विरुद्धको पछिल्लो दुई खेलमा बराबरी खेल्दै अङ्क बाँडेको थियो । फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजमन्नले गर्नुभयो । २५ औं मिनेटमा गोल गर्दै उहाँले फ्रान्सलाई १–० को अग्रता दिलाउनुभयो । ग्रिजमन्नले दोस्रो हाफको सुरुवातमा पुनः गोल थप्दा फ्रान्सको फिनल्याण्डमाथि जित सुनिश्चित भयो ।
ग्रिजमन्नले खेलाडी स्थानान्तरणको समयसीमा रहेको दिन बार्सिलोना त्याग्दै नाटकीय रुपमा एटलेटिको मड्रिडसँग सम्झौता गर्नुभयो । उहाँले तीन अन्तर्राष्ट्रिय स्पर्धामा लगातार तीन गोल गर्नुभएको छ ।
फिनल्याण्डमाथि जितसँगै फ्रान्स समूह डीको शीर्षस्थानमा उक्लेको छ । उसले छ खेलबाट १२ अङ्क जोडेको छ । दोस्रो स्थानको यूक्रेनबाट ऊ स्पष्ट सात अङ्कको अग्रता कायम गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?