logo
२०८० चैत्र १६ शुक्रवार



लिङ्गार्डले म्यान्चेष्टर युनाइटेडको प्रस्ताव खारेज गर्नुभयो

फुटबल |
खेलकुद |


लिङ्गार्डले म्यान्चेष्टर युनाइटेडको प्रस्ताव खारेज गर्नुभयो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । इंग्ल्याण्ड फुटबल टोलीका फरवार्ड जेसी लिङ्गार्डले म्यान्चेष्टर युनाइटेडले सम्झौताका लागि गरेको प्रस्ताव अस्वीकार गर्नुभएको छ । क्रिष्टियानो रोनाल्डोको आगमनपछि युनाइटेडमा छायाँमा पर्ने चासोका साथ लिङ्गार्डले प्रस्ताव खारेज गरेको बताइएको छ ।
इंग्ल्याण्डले गत आइतबार एन्डोरामाथि सहज जित हात पार्दा लिङ्गार्डले दुई गोल गर्नुभएको थियो । गत संस्करणमा ऋणमा वेष्टहम पुग्नुभएका उहाँले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । २८ वर्षीय लिङ्गार्डको सिजनको अन्त्यमा म्यान्चेष्टर युनाइटेडसँगको सम्झौता समाप्त हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?