logo
२०८१ बैशाख ८ शनिवार



नर्वेको जिब्राल्टरमाथि फराकिलो जित

फुटबल |
खेलकुद |


नर्वेको जिब्राल्टरमाथि फराकिलो जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । नर्वेले जिब्राल्टरलाई ५–१ को फराकिलो अन्तरले हराएको छ । विश्वकप फुटबल २०२२ को छनोट अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा नर्वेले जिब्राल्टरमाथि फराकिलो अन्तरको सहज जित हात पारेको हो ।
नर्वेका लागि एर्लिङ ब्रौट हाल्यण्डले हयाट्रिक गोल गर्नुभयो । बोरसिया डर्टमन्डका हाल्यण्डले अब आठ खेलमा ११ गोल पूरा गर्नुभएको छ । जसमा दुई वटा हयाट्रिक सामेल छ ।
नर्वेका लागि क्रिष्चियन थोर्सभेटले २२ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । हाल्यण्डले २७ र ३९ औं लगातार दुई गोल गर्दै अग्रतालाई ३–० पार्नुभयो । जिब्राल्टरका रीस स्टाइकले ४३ औं मिनेटमा गोल फर्काउँदा खेल ३–१ को स्थितिमा आयो । अलेक्जेण्डर सोर्लोथले गोल गर्दा नर्वेले पुनः तीन गोलको अन्तर कायम गर्न सफल भयो ।
अतिरिक्त समयमा हाल्याण्डले गोल गर्दा नर्वेले जिब्राल्टरमाथि ५–१ को सहज जित हात पार्यो । जिब्राल्टरमाथि जितसँगै नर्वेले शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग अङ्क बराबरी गरेको छ । दुबैले छ खेलबाट १३ अङ्क जोडेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?