logo
२०८१ बैशाख १३ बिहीवार



यूरोपेली फुटबल संघले बाहिरि दर्शकमाथिको प्रतिबन्ध हटायो

फुटबल |
खेलकुद |


यूरोपेली फुटबल संघले बाहिरि दर्शकमाथिको प्रतिबन्ध हटायो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । यूरोपेली फुटबल संघ(यूइएफए)ले यूरोपेली क्लब फुटबलको खेल हेर्ने बाहिरि दर्शकमाथिको प्रतिबन्ध हटाएको छ । दर्शकले अब घरेलु मैदान बाहिरको च्याम्पियन्स लिग, यूरोपा लिग र यूरोपा कन्फेरेन्स कप फुटबलको खेल हेर्न प्रस्थान गर्न पाउनेछन् । यद्दपी खेल आयोजक राष्ट्रले तय गरेको मापदण्डको भने सबैले पालना गर्नुपर्नेछ ।
आगामी सातादेखि इंग्लीश र स्कटिश क्लबले घरेलु मैदान बाहिरको खेलको तयारी गरिरहँदा यूइएफएको निर्णय आएको हो । कोरोना महामारी सुरु भए यता बाहिरि दर्शकले रङशालामा उपस्थित भएर फुटबल हेर्न पाएका थिएन । यूइएफएले एक वक्तब्य जारी गरी यसअघि लगाइएको प्रतिबन्ध खुकुलो गरिएको र मापदण्डको पालना एवम् आगन्तुक दर्शकको उपस्थितिलाई लिएर सम्बन्धित आयोजक राष्ट्रले गर्ने निर्णयमा निर्भर रहने उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?