logo
२०८१ बैशाख १३ बिहीवार



३९ वर्षसम्म ‘कोमा’मा रहनुभएका फ्रान्सेली फुटबलरको निधन

फुटबल |
खेलकुद |


३९ वर्षसम्म ‘कोमा’मा रहनुभएका फ्रान्सेली फुटबलरको निधन
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । फ्रान्सका पूर्ब फुटबलर जिन पिएरी एडम्सको निधन भएको छ । ७३ वर्षको उमेरमा निधन भएको उहाँ गएको ३९ वर्षदेखि ‘कोमा’मा हुनुहुन्थ्यो ।
मार्च १९८२ मा घुँडाको शल्यक्रियाका लागि एडम्सलाई अस्पताल भर्ना गरिएको थियो । शरीरमा एनेसथेसिया प्रवाह गर्ने क्रममा त्रुटी भएपछि सन् १९८२ को मार्च महिनापछि उहाँ कहिले होसमा आउनुभएन । स्वास्थ्य अधिकारीको त्रुटीले उहाँको हृदयघात हुनुका साथै मस्तिष्कमा क्षति पुगेको थियो ।
सेनेगलमा जन्मिनुभएका डिफेन्डरले नैस र पेरिस सैन्ट जर्माइनका लागि १४० क्लब फुटबल खेल्नुभयो । उहाँले सन् १९७२ देखि १९७६ सम्म २२ अन्तर्राष्ट्रिय स्पर्धामा फ्रान्सको प्रतिनिधित्व गर्नुभएको थियो । नैसले समेत सेप्टेम्बर १९ मा घरेलु मैदानमा मोनाको बिरुद्धको खेल अगाडि श्रद्धाञ्जली दिइने जनाएको छ ।
अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको १५ महिनासम्म होस नआउँदा उहाँलाई डिस्चार्ज गरिएको थियो । त्यस पश्चात् घरमै उहाँकी श्रीमतिले रेखदेख गर्नुभएको थियो ।
सन् १९९० सम्म उपचारमा त्रुटी गर्ने स्वास्थ्य अधिकारीलाई कुनै कारबाही नगरिएपनि पछि एक जना एनेसथेसिया र एक जना प्रशिक्षार्थी नर्सलाई कारबाही स्वरुप एक महिना निलम्बन गर्नुका साथै ७५० यूरो जरिवाना गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?