logo
२०८१ बैशाख ७ शुक्रवार



ए डिभिजन फुटसलको तालिका सार्वजनिक

फुटबल |
खेलकुद |


ए डिभिजन फुटसलको तालिका सार्वजनिक
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । पोखरामा आगामी महिनाको सुरुदेखि सुरु हुन लागेको ए डिभिजन फुटसलको तालिका सार्वजनिक भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरी खेल तालिका सार्वजनिक गरिएको हो ।
ए डिभिजन फुटसलमा छ प्रदेशका कुल दश टोली सहभागी हुँदैछन् । लिग विजेताले दश रुपियाँ र ट्रफीबाट पुरस्कृत हुनेछ । उपविजेताले पाँच लाख र उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, प्रशिक्षक र उदयीमान खेलाडीले पच्चीस पच्चीस हजार रुपियाँबाट पुरस्कृत हुनेछन् ।
प्रतियोगितामा प्रदेश १ बाट धरान र द राइजिङ धरान गरी दुई टोली चयन भएका छन् । बागमती प्रदेशबाट ढुकु फुटसल हब, शङ्खमूल फुटसल, प्रभातफेरी युथ क्लब र स्काई गोल्स फुटबल चयन भएका छन् । गण्डकी प्रदेशबाट स्पोर्टस कैसल र सबिन मेमोरियल फुटसल क्लब तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिमबाट लुम्बिनी फुटसल र झर्ना स्पोर्टस क्लब सहभागी हुँदैछन् ।
ए डिभिजन फुटसलको उद्घाटन खेलमा द राइजिङ क्लब धरानले स्काई गोल्स काठमाडौंको सामना गर्नेछ । उद्घाटन खेल असोज २ गते हुनेछ । दुई गते नै हुने अर्को खेलमा स्पोर्ट्स कैसल पोखराले प्रभातफेरी युथ क्लबको सामना गर्नेछ ।
प्रतियोगिताको लिग चरणमा कुल ४५ खेल हुनेछ । असोज २० गते प्ले अफ खेल खेलाइनेछ । क्वालिफायर जित्ने टोलीले सिधैं फाइनलमा पुग्नेछ भने क्वालिफायरमा हार बेहोर्ने टोली एलिमिनेटरको विजेतासँग फाइनलमा पुग्न स्पर्धा गर्नेछ । क्वलिफायरमा हार्ने र एलिमिनेटरमा जित हात पार्ने टोलीबीच फाइनलमा स्थान सुनिश्चित गर्न असोज २१ गते दोस्रो क्वालिफायर खेल हुनेछ ।
फुटसल लिगको उपाधिका लागि असोज २२ गते दुई टोलीले स्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?