logo
२०८१ बैशाख १२ बुधवार



लुकाकूले बेल्जियमका लागि १०० औं खेल पुरा गर्नुभयो

फुटबल |
खेलकुद |


लुकाकूले बेल्जियमका लागि १०० औं खेल पुरा गर्नुभयो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । रोमेलु लुकाकूले बेल्जियमको प्रतिनिधित्व गरी १०० औं अन्तर्राष्ट्रिय फुटबल खेल्नुभएको छ । विश्वकप फुटबल छनोट खेलमा बेल्जियमले चेक रिपब्लिकलाई हराउँदा लुकाकूले ६७ औं अन्तर्राष्ट्रिय गोल पुरा गर्नुभयो ।
चेलसीका २८ वर्षीय स्ट्राइकर लुकाकूले हेन्स भनाकेनले दिनुभएको पासलाई लुकाकूले गोलमा परिणत गर्नुभयो । लुकाकू बेल्जियमका लागि १०० फुटबल खेल्ने छैठौं खेलाडी हुनुहुन्छ । उहाँका सह खेलाडी जान भेर्टोंघेनले १३२ औं खेलमा सहभागी हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?