logo
२०८१ बैशाख ८ शनिवार



बङ्गलादेशको महिला फुटबल टोली नेपाल आइपुग्यो

फुटबल |
खेलकुद |


बङ्गलादेशको महिला फुटबल टोली नेपाल आइपुग्यो
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । राष्ट्रिय महिला टोलीले बङ्गलादेश विरुद्ध दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय स्पर्धा खेल्नेछ ।
अखिल नेपाल फुटबल सङ्घका अनुसार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टोलीलाई एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गर्नुभएको छ । नेपाल र बङ्गलादेशबीचको पहिलो खेल आगामी बिहीबार र आइतबार दशरथ रङ्गशालामा खेलाइनेछ । दुबै खेल साँझ साढे पाँच बजेबाट हुनेछ ।
राष्ट्रिय महिला फुटबल टोली हाल सन् २०२२ को एएफसी महिला एशियाली कप फुटबल छनोटको तयारीमा छ । छनोट प्रतियोगितामा फिलिपिन्स र हङ्कङ्सँग नेपाल समूह एफमा छ । छनोट प्रतियोगिता उज्वेकिस्तानमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?