logo
२०८१ बैशाख ११ मंगलवार



कप्तान किरण चेम्जोङले बिराजको कीर्तिमान भङ्ग गर्नुभयो

फुटबल |
खेलकुद |


कप्तान किरण चेम्जोङले बिराजको कीर्तिमान भङ्ग गर्नुभयो
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २० गते । नेपालको राष्ट्रिय फुटबल टोलिका गोलरक्षक किरण चेम्जोङ भारत बिरुद्धको मैत्रीपूर्ण खेलमा नयाँ कीर्तिमान बनाउनुहुने भएको छ । दशरथ रङशालाको फुटबल मैदानमा प्रवेश गरे लगत्तै उहाँले नेपालको तर्फबाट सर्बाधिक फुटबल खेल्ने खेलाडीको कीर्तिमान बनाउनुहुनेछ ।
भारत बिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटलब स्पर्धा दशरथ रङशालामा सुरु हुँदैछ । कप्तान किरणले नेपालको प्रतिनिधित्व गर्दै आफ्नो ७४ औं फुटबल खेल खेल्नुभएको छ । यसअघि उहाँले मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा उत्रदा नेपालका पूर्ब कप्तान बिराज महर्जनको कीर्तिमानको बराबरी गर्नुभएको थियो । बिराजले थ्री नेशन्स कप फुटबलमा अन्तर्राष्ट्रिय फुटबलको सर्बाधिक खेलमा नेपालको प्रतिनिधित्व गर्ने कीर्तिमान बनाउनुभएको थियो ।
१३ वर्षे लामो फुटबल ‘क्यारियर’पछि किरणले बिराज महर्जनको कीर्तिमान भङ्ग गर्नुभएको हो । किरणले सन् २००८ मा एएफसी कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्दै मकाउ बिरुद्ध ‘डेब्यु’ गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?