logo
२०८१ बैशाख १३ बिहीवार



भारत बिरुद्ध अञ्जन, सुमन र नवयुग बेञ्चमा

फुटबल |
खेलकुद |


भारत बिरुद्ध अञ्जन, सुमन र नवयुग बेञ्चमा
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २० गते । भारत बिरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले सुरुवाती एघारको घोषणा गरेको छ । घोषित टोलिमा पहिलो मैत्रीपूर्ण खेलमा बराबरीमा रोकेको टोलिमा तीन खेलाडी परिवर्तन गरिएको छ । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल १–१ को बराबरीमा सकिएको थियो । उक्त खेलमा नेपालबाट एक मात्र गोल गर्नुभएका अञ्जन विष्ट प्राथमिकतामा पर्नुभएन ।
प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले अञ्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठलाई बेञ्चमा राख्नुभएको हो ।
किरण चेम्जाङ्ग गोलरक्षक तथा कप्तानको भूमिकामा रहनुहुनेछ । दिनेश राजवंशी, अनन्त तामाङग, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, पूजन उपरकोटी, तेज तामाङ्ग, सुमन लामा, मनिष डाँगी, आयूष घलान र आशिष लामा प्राथमिकतामा पर्नुभएको छ । घलानले विश्वकप छनोटमा डेब्यु गर्नुभएको थियो ।
मैत्रीपूर्ण फुटबलको दोस्रो तथा अन्तिम खेल अबको केही बेरपछि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सुरु हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?