logo
२०८१ बैशाख १३ बिहीवार



राष्ट्रिय महिला फुटबल टोलीले बङ्गलादेशसँग घरेलु मैदानमा खेल्ने

फुटबल |
खेलकुद |


राष्ट्रिय महिला फुटबल टोलीले बङ्गलादेशसँग घरेलु मैदानमा खेल्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २० गते । राष्ट्रिय महिला फुटबल टोलीले बङ्गलादेश विरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङूघ(एन्फा)ले महिला टोलिले आगामी बिहीबार बङ्गलादेश विरुद्ध दुई मैत्रीपूर्ण फुटबलको पहिलो खेल खेल्ने जनाएको छ ।
दुबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्रशालामा खेलाइनेछ । दोस्रो तथा अन्तिम खेल आगामी आइतबार खेलाइनेछ । एन्फाका अनुसार बङ्गलादेशको राष्ट्रिय महिला टोली सोमबार बिहान साढे दश बजे नेपाल आइपुग्नेछ । महिला टोली हाल २०२२ को एएफसी महिला एशिया कप छनोटको तयारीमा छ । छनोटमा नेपाली टोली फिलिपिन्स र हङकङ्सँग एउटै समूहमा परेको छ । उक्त छनोट प्रतियोगिता उज्वेकिस्तानमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?