logo
२०८१ बैशाख ७ शुक्रवार



इंग्ल्याण्डको सहज जित

फुटबल |
खेलकुद |


इंग्ल्याण्डको सहज जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । इंग्ल्याण्डले विश्वकप फुटबल छनोट खेलमा हंगेरीमाथि सहज जित हात पारेको छ । विश्वकप फुटबल २०२२ का लागि स्थान सुनिश्चित गर्ने खोजीमा रहेको इंग्ल्याण्डले छनोटमा शत प्रतिशत सफल नतीजा निकालेको छ ।
बूडापेष्टमा गए राति सम्पन्न खेलमा हंगेरीलाई ४–० को फराकिलो अन्तरले हराउँदै इंग्ल्याण्डले छनोटको चार खेलमध्ये चार वटैमा जित हात पार्न सफल भएको हो । गैरेथ साउथगेटको इंग्ल्याण्डले दोस्रो स्थानको पोल्याण्डभन्दा पाँच अङ्कको अग्रता कायम गरेको छ । समूह आई को खेलमा इंग्ल्याण्डले एन्डोरा बिरुद्ध वेम्ब्लीमा खेलेपछि वार्सामा पोल्याण्डको सामना गर्नेछ ।
पहिलो हाफमा इंग्ल्याण्डलाई गोल गर्नबाट रोकेको हंगेरीले दोस्रो हाफमा डिफेन्स सम्हाल्न सकेन र उसले लगातार चार गोल खानुपर्यो । रहिम स्टर्लिङ्गले ५५ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाउनुभयो । कप्तान हयारी केनले ६३ औं मिनेटमा उक्त अग्रतालाई दोब्बर पार्नुभयो । हयारी मैग्वेरले ६९ औं मिनेटमा गोल थप्दा ३–० को अग्रता लिदा खेल सकिन तीन मिनेट मात्रै बाँकी रहँदा डेक्लान राइसले गोल थप्दै इंग्ल्याण्डको ४–० को जित सुनिश्चित गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?