logo
२०८१ बैशाख १३ बिहीवार



रोनाल्डोले यूनाइटेडमा सात नम्बर जर्सी लगाउनुहुने

फुटबल |
खेलकुद |


रोनाल्डोले यूनाइटेडमा सात नम्बर जर्सी लगाउनुहुने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । क्रिष्टियानो रोनाल्डोले म्यान्चेष्टर यूनाइटेडमा समेत सात अङ्कित जर्सी नै लगाउनुहुने भएको छ । ३६ वर्षीय रोनाल्डोले ओल्ड ट्राफोर्डमा पहिलो पटक प्रयोगमा ल्याउनुभएको संख्या अङ्कित जर्सी नै यसपटक नै प्रयोग गर्ने हुनुभएको छ ।
रोनाल्डो हाल आइसोलेशनमा हुनुहुन्छ । आइसोलेशन सकिएपछि उहाँले प्रशिक्षण सुरु गर्नुहुनेछ । रोनाल्डोले आफू सात नम्बर जर्सी लगाउने पाउने सुनिश्चित नभएपनि एडिन्सन काभानीको त्यागप्रति धन्यवाद दिन चाहेको बताउनुभयो । रोनाल्डो गत् साता युभेन्ट्सबाट म्यान्चेष्टर यूटाइनेड पुग्नुभएको छ । युभेन्ट्समा समेत उहाँले सात अङ्कित जर्सी नै लगाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?