logo
२०८० चैत्र १६ शुक्रवार



ए डिभिजन लिग सर्यो, पुरस्कार राशी बढाइयो

फुटबल |
खेलकुद |


ए डिभिजन लिग सर्यो, पुरस्कार राशी बढाइयो
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १७ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग आगामी कात्र्तिक २९ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । डिभिजन खेल्ने क्लबसँगको छलफलपछि सहमतिमा प्रतियोगिता सुरु हुने मिति निर्धारण गरिएको एन्फाले जनाएको छ । यसअघि ए डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिएको थियो ।
प्रस्ताबित दक्षिण एशियाली फुटबल च्याम्पियनशीप(साफ) प्रतियोगिता असोज दोस्रो साता नेपालले नै आयोजना गर्ने तयारी भइरहँदा ए डिभिजन लिगको मिति सारिएको हो । एन्फाले ए डिभिजन लिगको उपाधि जित्ने टोलिको पुरस्कार राशी समेत बृद्धि गरेको छ । डिभिजन विजेता टोलिले अब ७५ लाख पुरस्कार पाउनेछ । यसअघि विजेता टोलिले ५० लाख पाएको थियो ।
उपविजेता हुने टोलिलाई पचास लाख र तेस्रो हुने टोलिलाई २५ लाख प्रदान गरिनेछ । डिभिजन लिगमा सहभागी हुने हरेक टोलिले तयारीका लागि २० लाख पाउनेछन् । पूछारमा रहने दुई टोलि रेलिगेशनमा परेर डिभिजन बीमा घटुवा हुनेछन् ।
लिग सिंगल राउन्डमा सञ्चालन हुनेछ । यसअघि डिभिजन खेल्ने क्लब सुपर आठ हुँदै अन्तिम छमा पर्ने टोलि च्याम्पियनशीपका लागि स्पर्धा गर्ने गरी तालिका परिमार्जन गर्न सहमत भएका थिए । तर कोभिड १९ को प्रकोपले एन्फाले उक्त परिमार्जन लागू नगरी सिंगल राउन्डमै प्रतियोगिता सञ्चालन गराउन क्लबलाई सहमत गराएको हो ।
डिभिजन लिगका लागि खेलाडी दत्र्ता प्रकृया यसअघि नै सुरु भइसकेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पदाधिकारी तथा क्लबसँगको बैठकपछि उक्त निर्णय गरिएको एन्फाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?