logo
२०८० चैत्र १६ शुक्रवार



ब्राजिल क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

फुटबल |
खेलकुद |


ब्राजिल क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो
तस्विर–निप्पोन


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १४ गते । ब्राजिल ओलम्पिक फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । तर सन् २०१६ को उपविजेता जर्मनी भने बाहिरिएको छ ।
ब्राजिल सन् २०१६ ओलम्पिकको विजेता हो । एभर्टनका स्ट्राइकर रिचार्लिसनले उत्तराद्र्धतिर दुई गोल गर्नुभएपछि समूह डी को अन्तिम खेलमा ब्राजिलले सऊदी अरेबियालाई ३–१ ले हराउँदै समूह विजेता भयो । आइभोरी कोष्ट समूहको उपविजेता भएको छ । जर्मनी बिरुद्ध उसले १–१ को बराबरी खेलेपछि समूहमा दोस्रो स्थानमा रहन सफल भयो । जर्मनीले क्वार्टरफाइनलमा पुग्न आइभोरी कोष्टलाई हराउनैपर्ने थियो ।
समूह बी मा दक्षिण कोरियाले होण्डुरसलाई ६–० ले हराएर समूह विजेता हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले रोमानियालाई गोलरहित बराबरीमा रोक्दा ऊ समूह बी को उपविजेता रहन गयो ।
आयोजक जापानले भने समूह चरणको तीनवटै खेल जितेर क्वार्टरफाइनलमा न्युजिल्याण्ड विरुद्धको स्पर्धा सुनिश्चित गरेको छ । जापानले योकोहामामा फ्रान्समाथि ४–० को फराकिलो अन्तरको जित हात पार्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?