logo
२०८१ बैशाख ७ शुक्रवार



इंग्ल्याण्ड क्वार्टरफाइनलमा पुग्यो, पोर्चुगलपछि जर्मनी बाहिरियो

फुटबल |
खेलकुद |


इंग्ल्याण्ड क्वार्टरफाइनलमा पुग्यो, पोर्चुगलपछि जर्मनी बाहिरियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार १६ गते । इंग्ल्याण्ड यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । इंग्ल्याण्डले यूरो कप फुटबलको नकआउट चरणमा ५५ वर्षको पर्खाई अन्त्य गर्दै जर्मनीलाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
वेम्ब्लीमा गए राति अबेर सम्पन्न खेलमा रहीम स्टर्लिङ्गको सुरुवाती गोलमा अग्रता बनाएको इंग्ल्याण्डले जर्मनीमाथि २–० को जित हात पार्यो । स्टर्लिङ्गले समूह चरणमा क्रोएशिया र चेक रिपलब्लिक बिरुद्धको खेलमा समेत गोल गर्नुभएको थियो । ७५ औं मिनेटमा ल्युक शाको क्रसलाई रहिमले गोलको दिशा दिनुभयो ।
निर्धारित समयको खेल सकिन मात्र चार मिनेट बाँकी रहँदा कप्तान हयारी केनले गोल थप्दै इंग्ल्याण्डको जर्मनीमाथि २–० को जित सुनिश्चित गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?