logo
२०८१ बैशाख ६ बिहीवार



सङ्घर्षपूर्ण जितले इटालीलाई क्वार्टरफाइनलमा पुर्यायो

फुटबल |
खेलकुद |


सङ्घर्षपूर्ण जितले इटालीलाई क्वार्टरफाइनलमा पुर्यायो
तस्विर-एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । इटाली यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा उसले अष्ट्रियामाथि २–१ को जित हात पार्यो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सम्पन्न भएपछि इटालीले अष्ट्रियालाई हराउन अतिरिक्त समयको खाँचो पर्यो । अष्ट्रियाले भने आफ्नो प्रतिद्वन्दीलाई कडा चुनौती दिँदा पहिलो पटक युरोकप फुटबलको नक आउट चरणमा प्रवेश पाएको थियो । मार्को अर्नौटोभिकले निर्धारित समयमा गर्नुभएको गोल म्याच रेफ्रीले अफसाइड दिएपछि इटालीलाई अष्ट्रियाले गोलरहित बराबरीमा रोक्न सफल भयो ।
तर ९५ औं मिनेटमा फेडेरिको चिसा र मटेओ पेस्सीनाले १०५ औं मिनेटमा एक एक गोल गर्दा इटालीको क्वार्टरफाइनलको यात्रा तय भएको हो । अष्ट्रियाले सासा कालाजिकको साहसिक हेडरमार्फत ११४ औं मिनेटमा पुनरागमन गोल गरे पनि सान्त्वनामा सीमित हुन गयो ।
इटालीले भने पछिल्लो १२ खेलमा पहिलो पटक गोल खान पुग्यो । तर ऊ लगातार ३१ औं खेलमा अपराजित रह्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?