logo
२०८० चैत्र १५ बिहीवार



जर्मनीले अन्तिम १६ मा इङ्ल्याण्डको सामना गर्ने

फुटबल |
खेलकुद |


जर्मनीले अन्तिम १६ मा इङ्ल्याण्डको सामना गर्ने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार १० गते । जर्मनीले यूरो कप फुटबल २०२० को अन्तिम १६ मा इङ्ग्ल्याण्डको सामना गर्ने भएको छ । समूह एफको आफ्नो अन्तिम खेलमा हङ्गेरीसँग बराबरीमा रोकिँदा जर्मनीको भेट इङ्ग्ल्याण्डसँग सुनिश्चित भएको हो ।
गए राति अबेर सम्पन्न खेलमा जर्मनीलाई हङ्गेरीले २–२ को बराबरीमा रोक्यो । ११ औं मिनेटमा एडम सालईले हेडरमार्फत गोल गर्दा हङ्गेरीले अग्रता कायम गर्दै जर्मनीलाई घरेलु मैदानमा स्तब्ध बनायाे । केई हर्भेजले ६६ औं मिनेटमा गोल फर्काउँदै जर्मनीलाई बराबरीको स्थितिमा ल्याउनुभयो । तर दुई मिनेट नबित्दै आन्द्रास स्काफेरको गोलले हङ्गेरीलाई पुनः अग्रता दिलायो । ८४ औं मिनेटमा जर्मनीका लियोन गोरेज्काले गोल थप्दा जर्मनीले खेल बराबरीमा रोक्न सफल भयो ।
बराबरीसँगै जर्मनीले समूह एफ को उपविजेता बन्दै इङ्ल्याण्डसँगको भेट सुनिश्चित गरेको छ । अन्तिम १६ मा जर्मनी र इङ्ग्ल्याण्डबीचको खेल आगामी मङ्गलबार वेम्ब्लीमा खेलाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?