logo
२०८० चैत्र १५ बिहीवार



क्रिष्टियानो रोनाल्डोको सर्वाधिक गोलकर्तामा नयाँ उचाइ

फुटबल |
खेलकुद |


क्रिष्टियानो रोनाल्डोको सर्वाधिक गोलकर्तामा नयाँ उचाइ
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार १० गते । पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा  सर्वाधिक गोलकर्ताको कीर्तिमानको बराबरी गर्नुभएको छ । फ्रान्स विरुद्धको यूरो कप फुटबलमा उहाँले अलि दाईको अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गर्नुभएको छ ।
रोनाल्डोले फ्रान्स विरुद्ध दुई गोल गर्नुभएको छ । आफ्नो अन्तर्राष्ट्रिय फुटबल जीवनको १०८ औं र १०९ औं गोल पूरा गर्दै रोनाल्डोले अलिको कीर्तिमानको बराबरी गर्नुभयो । रोनाल्डोले दुबै गोल पेनाल्टीमै गर्नुभयो । इरानका अलि दाईले उक्त कीर्तिमान सन् १९९३ देखि २००६ को बीचमा बनाउनुभएको छ ।
रोनाल्डोको गोलले पोर्चुगललाई जित दिलाउन सकेन । यद्दपी बराबरी खेल्दा उसले सबैभन्दा उत्कृष्ट तेस्रो टोलीको रुपमा अन्तिम १६ को यात्रा तय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?