logo
२०८० चैत्र १६ शुक्रवार



पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोक्दै अन्तिम १६ मा पुग्यो

फुटबल |
खेलकुद |


पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोक्दै अन्तिम १६ मा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार १० गते । साबिक विजेता पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोकेको छ । यूरो कप फुटबल २०२० अन्तर्गत गए राति सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई २–२ को बराबरीमा रोकेको हो ।
फ्रान्सलाई बराबरीमा रोकेसँगै पोर्चुगल समूहमा तेस्रो स्थानमा उक्लिदै यूरो कप फुटबलको अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ । पोर्चुगलको बराबरीमा दुबै गोल क्रिष्टियानो रोनाल्डोले गर्नुभयो । फ्रान्सका लागि करिम बेञ्जिमाले दुबै गोल गर्नुभयो । ३० औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै रोनाल्डोले पोर्चुगललाई १–० को अग्रता दिलाउनुभयो । बेञ्जिमाले पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीको सदुपयोग गर्दै गोल गर्दा फ्रान्स खेलमा फर्किदै १–१ को बराबरीमा ल्यायो ।
४७ औं मिनेटमा बेञ्जिमाले गोल थप्दा फ्रान्स २–१ को स्थितिमा ल्याउनुभयो तर उक्त अग्रता लामो समय टिक्न सकेन । ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमै गोल गर्दा पोर्चुगलले फ्रान्सलाई २–२ को बराबरीमा रोक्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?