logo
२०८० चैत्र १६ शुक्रवार



सन्यासको घोषणा नगर्दै डारेन सामी क्रिकेट वेष्ट इन्डिजका बोर्ड निर्देशक नियुक्त

क्रिकेट |
खेलकुद |


सन्यासको घोषणा नगर्दै डारेन सामी क्रिकेट वेष्ट इन्डिजका बोर्ड निर्देशक नियुक्त
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ९ गते । अलराउन्डर डारेन सामी वेष्टइन्डिज क्रिकेट बोर्ड निर्देशक समितिका सदस्य नियुक्त हुनुभएको छ । आफ्नै नेतृत्वमा दुई पटक वेष्टइन्डिज क्रिकेट टोलिलाई आईसीसी टी ट्वान्टी विश्वकप जिताउनुभएका सामीलाई क्रिकेट वेष्टइन्डिजले स्वतन्त्र निर्देशकको रुपमा नियुक्त गरेको हो ।
क्रिकेट वेष्टइन्डिजले गत् बिहीबार दुई वर्षका लागि तीन जना निर्देशक नियुक्त गर्दा डारेन सामी त्यसमध्येका एक हुनुहुन्छ । सामीसँगै ट्रिनिडाडका डेब्रा कोरयाट पट्टोन र जमैकाका सर्जन तथा विश्वविद्यालयका प्रशासनक डा अक्षय मानसिंह नियुक्त हुनुभएको छ । दुई जना भने दोस्रो कार्यकालका लागि नियुक्ति पाएका छन् ।
पछिल्लो पटक सन् २०२० को क्यारेबियाली प्रिमियर लिग(सीपीएल) फाइनलमा खेल्नुभएका सामी हाल पीएसएल फ्रेञ्चाइज(पेशावर जुल्मी)का प्रमुख प्रशिक्षक हुनुहुन्छ । उहाँ सन् २०२१ के सीपीएल संस्करणको ब्राण्ड एम्बेसडर समेत हुनुहुन्छ । गत् मई महिनामा उहाँले वेष्टइन्डिज क्रिकेट टोलिको कप्तानबाट राजिनामा गर्नुभएको थियो ।
सामीले एक वक्तब्य जारी गरी वेष्टइन्डिज क्रिकेटलाई नयाँ बाटोमा डोर्याउन आफ्नो लागि निर्देशकको भूमिका नयाँ अबसर हुने प्रतिक्रिया दिनुभएको छ । उहाँले अझै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?