logo
२०८० चैत्र १५ बिहीवार



स्कटल्याण्डको यूरो कप फुटबल यात्रा समाप्त, क्रोएशिया अन्तिम १६ मा पुग्यो

फुटबल |
खेलकुद |


स्कटल्याण्डको यूरो कप फुटबल यात्रा समाप्त, क्रोएशिया अन्तिम १६ मा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ९ गते । स्कटल्याण्डको यूरो कप फुटबल २०२० को यात्रा समाप्त भएको छ । समूह चरणको अन्तिम खेलमा क्रोएशियाबाट हार बेहोर्दा स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको हो । समूह डी को गए राति अबेर सम्पन्न खेलमा क्रोएशियाले स्कटल्याण्डमाथि ३–१ को जित हात पारेको हो ।
ग्लासगोस्थित राष्ट्रिय रङशालामा सम्पन्न खेलमा दुबै टोलिका लागि नकआउट चरणमा प्रबेशको सम्भाबना जिवित राख्न जित आवश्यक थियो । पहिलो हाफसम्म १–१ को बराबरी खेलेपनि दोस्रो हाफमा क्रोएशियाले दुई गोल थप्दै स्कटल्याण्डमाथि जित सम्भब बनायो । १७ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै विश्वकप फुटबलका उपविजेता क्रोएशियालाई १–० को अग्रता दिलाउनुभयो ।
कैलम म्याकग्रेगोरले स्कटल्याण्डका लागि गोल गर्दा दर्शकमा केही उत्साह थपियो । तर एक घण्टाको खेलपछि ल्युका मोड्रिकको प्रहार गोलमा परिणत भएपछि क्रोएशियाले पुनः अग्रता कायम गर्यो । ७७ औं मिनेटमा इभान पेरिसिकको गोलले क्रोएशियालाई ३–१ को अग्रता दिलाउनुका साथै स्कटल्याण्डलाई प्रतियोगिताबाट बाहिर पठाउन पर्याप्त भयो ।
३–१ को गोल अन्तरको जितले क्रोएशियालाई दोस्रो स्थानमा उक्लिन सम्भब बनाउँदै अन्तिम १६ को यात्रा सुनिश्चित गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?