logo
२०८१ बैशाख ८ शनिवार



सर्जियो रामोस १६ वर्षपछि रियल मड्रिडबाट बाहिरिँदै

फुटबल |
खेलकुद |


सर्जियो रामोस १६ वर्षपछि रियल मड्रिडबाट बाहिरिँदै
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ३ गते । सर्जियो रामोसले रियल मड्रिडसँगको १६ वर्षको आबद्धता अन्त्य गर्नुहुने भएको छ । ३५ वर्षीय रामोसले रियल मड्रिडमा रहँदा पाँच पटक स्पेनिस ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जित्नुभयो ।
रियल मड्रिडका सेन्टर ब्याकले ६७१ खेलमा १०१ गोल गर्नुभएको छ । रामोसको रियल मड्रिडसँगको आबद्धता जुन अन्त्यमा समाप्त हुनेछ । सेभियाबाट आफ्नो फुटबल क्लब जिवनको सुरुवात गर्नुभएका रामोस सन २००५ मा रियल मड्रिडमा आबद्ध हुनुभयो ।
समकालीन समयका सबैभन्दा महानमध्येका एक डिफेन्डरको रुपमा परिचित रामोसले २२ वटा ट्रफी जित्नुभएको छ । सन् २०१४ को च्याम्पियन्स लिगको फाइनलमा एटलेटिको मड्रिड बिरुद्ध अतिरिक्त समयमा गर्नुभएको बराबरी गोल सधैंका लागि स्मरणीय बन्न पुग्यो । उक्त बराबरी गोलले गर्दा नै रियल मड्रिडले पेनाल्टीमा ४–१ ले उपाधि हात पार्न सफल भयो ।
रामोसले स्पेनका लागि १८० अन्तर्राष्ट्रिय फुटबल खेल्नुभएको छ । रामोस टोलिमा रहाँदा स्पेनले सन् २००८ र २०१२ मा यूरोपेली च्याम्पियनशीप र सन् २०१० को फिफा विश्वकप जित्न सफल भयो ।
गत् महिना स्पेनिस फुटबल ब्यवस्थापनले यूरो कप फुटबल २०२० का लागि टोलीको घोषणा गर्दा सर्जियो रामोस अटाउन सकेनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?