logo
२०८१ बैशाख ४ मंगलवार

  दृश्य समाचार  



उच्च विन्दुमा पुगेको नारायणीकाे पानीकाे सतह घट्दै 

खुला |


उच्च विन्दुमा पुगेको नारायणीकाे पानीकाे सतह घट्दै 


शालिग्राम नेपाल 
चितवन, असार २ गते । नारायणी नदीमा पानीको बहाव विस्तारै घट्दै गएको छ । मङ्गलबार राति इतिहासकै उच्च विन्दुमा पुगेको पानीको बहाव घट्दै गएको हो । नदीको सतह मङ्गलबार राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।

अहिले बुधबार दिउँसो ४ बजे पानीको सतह केही घट्दै ७ दशमवल ७७ मिटरमा झरेको छ । नदीको पानी निरन्तर घट्ने क्रममा रहेको देवघाटस्थित जल मापन केन्द्रले जनाएको छ । यद्यपि पानीको तह घट्दै गए पनि चेतावनी तहभन्दा शुन्य दशमलव ४७ मिटर माथि नै पुगेको छ । त्यसैले उच्च सतर्क रहन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

यसअघि १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?