logo
२०८० चैत्र १५ बिहीवार



अर्घाखाँचीमा मुख्य सडक सहित अधिकांश सडक अवरूद्व

खुला |
प्रदेश |


अर्घाखाँचीमा मुख्य सडक सहित अधिकांश सडक अवरूद्व
फाइल तस्बिर


गणेश खनाल
अर्घाखाँची,असार २ गते । केही दिन देखि लगातार परेको अबिरल बर्षका कारण गोरुसिङगे( सन्धिखर्क सडक खण्ड सहित जिल्लाका अधिकांश सडक अवरूद्व भएका छन् । जिल्लाका बिभिन्न स्थानहरुमा बाढी पहिरोको कारण सडक अबरुद्ध भई सवारी आवागमन अबरोध भएका छन् ।

विभिन्न निकायको समन्वयमा सडक खुलाउन पहल भईरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख माधव बुढाथोकीले जानकारी दिनुभयो । सडक अवरूद्व हुदा गम्भीर प्रकृति विरामी समेत थप उपचारको लागि जिल्ला बाहिर लैजान सक्ने अवस्था नरहेको जनाइको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?