logo
२०८० चैत्र १५ बिहीवार



वर्षाले संरचना क्षति हुँदा ग्रामीण भेगमा अन्धकार

खुला |


वर्षाले संरचना क्षति हुँदा ग्रामीण भेगमा अन्धकार


अमृतप्रसाद पौडेल
बेनी, असार २ गते । लगातारको वर्षाले सडक सञ्जालमा क्षति पुग्नुका साथै भौतिक क्षति खेपी रहेके अवस्थामा विद्युतको पोल समेत ढल्न पुग्दा ग्रामिण भेक तर्फको विद्युत सप्लाइमा समस्या देखिएको छ । विद्युत अवरोध हुँदा विद्युतिय सामग्रीहरुको प्रयोग एवम् सूचना सम्प्रेसणमा समेत ग्रामिण भेकमा सास्ती हुने देखिन्छ ।
पश्चिम म्याग्दीको मंगला, मालिका र धौलागिरी गाउँपालिका क्षेत्रमा विद्युत सप्लाइ हुन नसकेको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर प्रसान्त कुमार झाले बताउनुभयो । प्रमुख झाका अनुसार जिल्लाको पश्चिम क्षेत्र विद्युत सप्लाइ हुने बेनी नगरपालिका–६ डम्बरा क्षेत्रमा ४ वटा पोल पूर्ण रुपमा ढलेको र अन्य ७ वटा मर्मत गर्न पर्ने अवस्था भएको हुँदा पश्चिम भेकको विद्युत अवरुद्ध भएको छ । बिहानै देखि कर्मचारीहरु खटाएको भए पनि आज त्यस क्षेत्रमा विद्युत सप्लाइ गर्न सक्ने अवस्था नरहेको झाको भनाई छ । डम्बरामा विद्युत ब्रेक हुँदा बेनी नगरपालिकाकै वडा नम्बर ६, ५, ४ र ३ का साथै पश्चिम भेकका मंगला, मालिका र धौलागिरी गाउँपालिकामा विद्युत अरुद्ध भएको छ ।
त्यस्तै उत्तरी भेक तर्फको रघुगंगा गाउँपालिकाको बैशरीमा तार टुटेका कारण रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिका क्षेत्र विद्युत अबरोध भएको छ । लगातारको वार्षात्को कारण जिल्ला भित्र धेरै स्थानमा पोलहरु ढलेका कारण पूर्ण रुपमा सप्लाइ गर्नका लागि केही दिन लाग्ने सक्ने विद्युत कार्यालयले जनाएको छ । विद्युत कार्यालयले दिएको जानकारी अनुसार मंगला गाउँपालिकामा मुख्य लाइनको पोल ३ वटा र वितरण लाइनका ३ वटा पोल ढलेको छ । त्यस्तै बेनी नगरपालिका–९ गलेश्वर भन्दा ठीक पारी पर्वतको जलजला गाउँपालिका राममन्दीर नजिकै नजिकै ३ वटा पोल ढलेको, रघुगंगा गाउँपालिका बैसरीमा मुख्य लाइनको तार ब्रेक, धौलागिरीको फलियागाउँमा २, धौलागिरीको ६ मराङमा २ पोल बगेको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर प्रसान्त कुमार झाले बताउनुभयो ।
केन्द्र प्रमुख झाले भन्नुभयो –‘सिडिओ साब सँग समन्वय गरेर डम्बरा क्षेत्रमा डोजर लगाएर संरचना बनाउने प्रयास भै रहेको छ, अन्य क्षेत्रमा पनि क्षति हुन सक्ने सम्भावित अवस्थालाई हेरेर नागरिक सचेत हुन आवश्यक छ ।’
बैसरीमा भएको विद्युतको तार ब्रेकले मुस्ताङ समेत अबरुद्ध हुने अवस्था हुने भए पनि अन्नपुर्ण गाउँपालिकाको दानामा भएको सब स्टेसनका कारण मुस्ताङ तर्फ भने अहिले अबरोध नभएको केन्द्र प्रमुख झाको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?