logo
२०८१ बैशाख १३ बिहीवार



युरो कपको पहिलो खेलमै क्रिष्टियानो रोनाल्डोले दुई कीर्तिमान बनाए

फुटबल |
खेलकुद |


युरो कपको पहिलो खेलमै क्रिष्टियानो रोनाल्डोले दुई कीर्तिमान बनाए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । युरो कप फुटबल २०२० को पहिलो खेलमै पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले दुई कीर्तिमान बनाउनुभएको छ । हङ्गेरी विरुद्धको खेलमा बूडापेष्टमा मैदानमा पाइला राखे लगत्तै रोनाल्डोले पहिलो कीर्तिमान बनाउनुभयो । युरोपेली च्याम्पियनसिपको पाँच प्रतियोगिता खेल्ने उहाँ पहिलो खेलाडी बन्नुभयो ।
खेलको ८७ औं मिनेटमा उहाँले माइकल प्लाटिनीलाई उछिन्दै युरोपेली च्याम्पियनशीपमा दश गोल गर्नुहुने पहिलो खेलाडीको कीर्तिमान बनाउनुभयो । तर युभेन्ट्सका सुपरस्टार क्रिष्टियानो रोनाल्डो त्यत्तिकैमा रोकिनुभएन । इन्ज्युरी समयमा रोनाल्डोले गर्नुभएको प्रहार गोलकिपर पिटर गुलाक्सीलाई छिचोल्दै गोलमा परिणत भएपछि उहाँले यूरो कप फुटबलमा आफ्नो गोलसङ्ख्या ११ पुर्याउनुभयो ।
रोनाल्डोले सन् २०१६ को युरो कप फुटबल संस्करणमा पोर्चुगललाई प्रतियोगिताको उपाधि दिलाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?